विकासले निम्तिएको प्राकृतिक विपद् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विकासले निम्तिएको प्राकृतिक विपद्

सम्पादकीय
काठमाडौं, २६ असार । विगत केही वर्ष यतादेखि सामान्य वर्षात हुँदा समेत बाढी पहिरोका कहाली लाग्दा घटना बढ्न थालेका छन् । वर्षात पहिला पहिला पनि हुने गथ्र्याे । यति ठूलो त्रासदी यसभन्दा अघि कहिल्यै सुन्नु परेको थिएन । यसको कारण जान्न ढिलाइ गर्ने हो भने, भविष्यमा धेरै ठूलो जनधनको क्षति नेपालले व्यहोर्नु पर्ने निश्चित छ ।

विगत केही वर्षदेखि विकासको नाममा जथाभावी बन्ने गरेका विना योजनाका ग्रामिण सडकहरु र त्यसको निर्माणमा प्रयोग भएको मेशिन औजारहरुले, नेपालका अधिकांश पहाडी वस्ती निरन्तर जोखिमपूर्ण बन्दैछ । वस्तीको ख्यालै नगरी र वातावरणीय प्रभाव ख्यालै नगरी, वडाध्यक्षहरुको योजनामा बनाइने सडकहरुले सडकको नाउँमा विनास हुने वन जंगल अनि उनीहरुको आयआर्जनको श्रोत बन्दै गएको ढुंगाखानीहरुले वास्तवमा हरेक वस्ती वस्तीलाई गम्भीर चुनौति खडा गरिदिएको छ । पहाड बग्न थालेको छ, नदीले आफ्नो बहाव परिवर्तन गर्दैछ, तराई क्षेत्र झनझन डुब्दैछ ।

जनताको लागि देखिने कयौं परियोजनाहरु अब जनताको मृत्युको कारण

यस प्रकार वर्षेनी गम्भीर रुपमा प्राकृतिक चपेटाले निम्त्याएको संकटमा नेपाल गहिरो रुपमा पिल्सिदैछ । आज देशका प्रायः सबै जनप्रतिनिधिहरुको आयआर्जनको मुख्य श्रोत बन्दै गएको वन जंगल, रोडा, ढुंगाखानी, बालुवा खानीहरुले अब प्राकृतिक सन्तुलन गम्भीर रुपमा गुमाउँदै गएका छन् । देख्दा जनताको लागि देखिने कयौं परियोजनाहरु अब जनताको मृत्युको कारण बनिरहेको छ । सहरी क्षेत्रमा खोलाहरु सांघुरिएका छन् । वृक्षरोपण गर्नलाई वीपी र पुष्पालाल जयन्ती तथा वातावरण दिवस कुर्ने चलन छ । संरक्षणको नाम निसाना छैन । निरन्तर रुपमा दोहन मात्रै हुँदै गएपछि प्रकृतिले थाम्न सक्ने कुरै भएन । अनि विनास नभए के हुन्छ ?

तीन दिन यता भएको सामान्य वर्षातसंगैको बाढी पहिरो र त्यसले पु¥याएको क्षती हाम्रो सामु स्पष्ट छ । वर्षातको सुरुवातसँगै सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा ठूलो क्षेती पु¥यायो । बाह्रबिसे नगरपालिकाकै बस्ती तहसनहस भएको छ । अरनिको राजमार्गमा पर्ने बाह्रविसेको दुई बजारको दुई दर्जन बढी घर बाढीले बगाएको छ । पहिरोमा परेका २० जना मध्ये दुई जनाको शव भेटिएको छ भने बाँकी बेपत्ता छन् ।

सिन्धुपाल्चोककै भोटोकोशीमा बाढी बढ्दा जलविद्युत आयोजना प्रभावित भएको छ । म्याग्दीको विभिन्न ठाउँमा बाढी र पहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ भने धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको ३५ घर बाढीले बगाएको छ । कास्की, लमजुङ र जाजरकोटमा पनि बाढी र पहिरोले कैयौं मान्छे बेपत्ता पारेको छ । गुल्मी, अर्घाखाँची, नवलपरासी, कंचनपुर,डोटी लगायतका ठाउँहरुमा पनि बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।

घर बगाएको र मान्छे बेपत्ता भएको समाचार आउनेक्रम रोकिएको छैन । तराईका ८ जिल्ला फेरी नदि कटान र डुवानको उच्च जोखिमा छन् । भारतले बनाएका विभिन्न बांधका कारण तराईका वस्ती र खेतीयोग्य जमिन वर्षेनी डुवानमा पर्दै आएका छन् । वर्षेनी डुवानमा पर्दा र नागरिकले दुःख पाउँदा पनि सरकारले जोखिमपूर्ण अवस्थाको विकल्प अझै दिन सकेको छैन, न त नेपाली जमिन डुबान पार्ने गरी छिमेकी देश भारतले एकतर्फी रुपमा बनाएका बाँधहरु नै हटाउन सकेको छ ।

जनताको ज्यान नै नभए, धन र विकास के का लागि ?

विपद उद्दारको लागि सरकारी कोष नभएको पनि होइन । प्रधानमन्त्री दैवी उद्दार कोषमा तीन अर्ब बढी रकम छ । ठूला आपतविपदमा उद्दारको लागि भनेर संचित त्यति ठूलो रकम त्यत्तिकै खर्च नभइ जम्मा भएर बसेको छ । जिल्ला दैवि प्रकोप उद्दारको लागि भनी खडा भएका सरकारी संयन्त्र पनि बैठक बस्ने र क्षेतिको मुचुल्का उठाउने बाहेकको काममा प्रभावी हुन सकेको देखिंदैन । वर्षेनी हुने यो क्षेतिलाई अब बेवास्ता गरिनु हुन्न । प्रकृतिलाई दोहन गर्ने प्रकारले वातावरणीय प्रभाव नहेरी हुने सम्पूर्ण आयोजना, सडक संजालहरु र विकास निर्माणका गतिविधिहरुमा पुनर्विचार गर्न जरुरत छ । जनताको ज्यान नै नभए, धन र विकास के का लागि ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);