पहिरोमा पुरिएर ७ जनाका मृत्यु, लमजुङमा एकै परिवारका ३ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरोमा पुरिएर ७ जनाका मृत्यु, लमजुङमा एकै परिवारका ३ जनाको ज्यान गयो

कास्की, २६ असार । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पोखरा–१८ सराङकोट गोठादीमा शुक्रबार बिहान खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा रहेको कास्की प्रहरीले बताएको छ । पहिराले पुरिएर टंकबहादुरका छोरीहरू पिंकी र आशा तथा पिंकीकी छोरी पिरिसा, सरस्वती श्रेष्ठ घाइते भएका छन् ।

यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् । पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ ।
ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ । पहिरो कै कारण लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका दीपक तामाङ, उनकी पत्नी बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);