पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु

dhadin pahiro

गुल्मी, १७ साउन । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ५ स्थित आटिपाटामा पहिरोमा पुरिएक चार जनाको मृत्यु भएको छ । शुक्रबार राति परेको अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले राजु माझीको घर पुरिएको हो ।

राति ८ बजेतिर खसेको उक्त पहिरोमा पुरिएर बिना माझी, उनकी एक छोरी र दुई छोराको मृत्यु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा ३० वर्षीय बीना माझी, १० वर्षीय हेमन्त माझी, ७ वर्षीय सागर माझी र दश महिनाकी विनिता माझी रहेका छन् ।

अहिलेपनि उक्त स्थानमा भारी वर्षा भएकोले प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । स्थानीयहरुले पुरिएका शवहरु निकालेर राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);