गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता

pahiro gulmi

गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिंदा १० जनाको मृत्यु भएको हो ।

सत्यवति गाउँपालिकाको लिम्घामा एकै परिवारका ८ जना र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन्।

त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिनडाँडामा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी तरामु, र ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको छ । सोहि वडाको दाङसिंगामा रुद्र बिकको घर पहिरोले बगाउँदा ४० वर्षीय माया बिक र १६ वर्षीय बबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);