'प्रदेश ३ को नाम र राजधानी राख्ने काम चाँडै टुंगो लाग्छ' | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘प्रदेश ३ को नाम र राजधानी राख्ने काम चाँडै टुंगो लाग्छ’

padesh3

काठमाडौं, ७ साउन । प्रदेश नं ३ को सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशको नाम र राजधानी राख्ने स्थान चाँडै टुङ्गो लाग्ने बताउनु भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने तयारी भईरहेको मन्त्री ढुंगेलले बताउनु भयो । मंगलबार गृह जिल्ला रामेछापमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा मन्त्री ढुंगेलले प्रदेशको नाम र राजधानी बस्ने स्थानकाबारेमा करिव करिव टुङ्गो लागि सकेको भए पनि आधिकारिक निर्णय मात्र हुन बाँकी भएको बताउनु भयो । मन्त्री ढुंगेलले मुलुकका ७ वटा प्रदेश मध्ये प्रदेश नं ३ सबैभन्दा बढी योजना र कार्यक्रम ल्याई बजेट खर्च गर्ने प्रदेश भएको दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);