प्रदेश ५ को स्थायी राजधानी र नाममा अझै अन्यौल | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

प्रदेश ५ को स्थायी राजधानी र नाममा अझै अन्यौल

pradesh 5

रुपन्देही, ७ माघ । देश संघीयतामा गएको झण्डै २ बर्ष वित्न लाग्दा पनि सात मध्ये ३ वटा प्रदेशहरुले अझै नाम र राजधानी नै पाउन सकेका छैनन् । पछिल्लो पटक प्रदेश नं. ३ ले भने बाग्मती नाम र हेटौंडा राजधानी पाएको छ । यता प्रदेश ५को पनि स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन सांसदहरूले दवाव दिन थालेका छन् ।

पछिल्लो पटक प्रदेश नं. ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडाको घोषणासंगै ७ मध्ये ४ प्रदेशको नाम र राजधानीको टुंगो लागेको छ । प्रदेश ५मा राजधानी र नामाकरण सिफारिस समितिले प्रतिवेदन बुझाई सक्दा पनि अन्यौल कायमै छ । आइतबारबाट प्रदेश नं. ५ मा शुरु भएको हिँउदे अधिवेशनमा सांसदहरुले यसै अधिविशेनबाट स्थायी राजधानी र नामाकरण टुंग्याउन माग गरेका छन् ।

प्रदेश सभालाई नामाकरण र राजधानी निर्धारण यही अधिवेसनमा गर्नु पर्ने दवाव छ । सबै पार्टीको सहमतिमा नै नाम र राजधानी टुंग्याउने प्रयासमा केही समय लागेको सांसदहरुको भनाई छ ।सांसदहरु जारी हिउँदे अधिवेसनमा नै प्रदेश नं. ५ का नाम र राजधानी टुंगो लाग्नेमा विश्वस्त छन् ।

प्रदेश नं. ५ को नाममा लुम्विनी, मग्रात थरुवन, थरुवन, बुद्ध प्रदेश प्रस्ताव भएका छन् । राजधानीका लागि रुपन्देही, बुटवल, दाङ, कपिलवस्तुको चर्चा छ । प्रदेशसभा गठन भएको लामो समय वितिसक्दा समेत अझै ३ वटा प्रदेशको नाम र राजधानी टुंगो नलाग्नु गम्भिर विषय हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);