प्रदेश २ को नामाकरण र राजधानी निर्धारणका बिषयमा विवाद कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश २ को नामाकरण र राजधानी निर्धारणका बिषयमा विवाद कायमै

pradesh-2

बटुकनाथ झा
धनुषा, १२ भदौ । देश संघीय सरकारमा गएसँगै ७ प्रदेशमा प्रदेशसभा गठन भएको र सरकार निर्माण भएको पनि झण्डै डेढ बर्ष हुन लागेको छ । प्रदेश सरकारहरुको प्राथमिक कार्य प्रदेशको नामाकरण तथा राजधानी निर्धारण हुनुपर्नेमा हुन सकेको छैन ।

तर प्रदेशसभा गठन भएको लामो समय वितिसक्दा समेत अझै चार प्रदेशको नामाकरण तथा स्थायी राजधानी तोक्ने विषयको विवाद कायमै छ । यसै क्रममा प्रदेश नं. २ को प्रदेश सभाको बैठक नाम र राजधानीको लागि छलफल शुरु भएको छ ।

प्रदेश सभा बैठक अनिश्चित भएपनि दलहरुले दर्ता गराएका प्रदेशको नाम र राजधानीका विषयमा लविङ गरिरहेका छन् । प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता भएका छन् भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रदेशका लागि मधेश प्रस्ताव दर्ता गराएको छ ।

यता, नेपाली काँग्रेसका प्रदेश नं. २ का प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले जनकपुरधाम भौगोलिक र साँस्कृति तथा दुरीको हिसाबले सहि रहेको तथा प्रदेशको नामाकरणमा बहुतम कसैको नभएपछि विवाद बढेको बताउनु हुन्छ ।

प्रदेशसभामा १९ मत रहेको कांग्रेसले आफ्नो पुरानो अडानलाई यथावत राख्दै प्रदेशको नामका लागि मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको छ ।

नेकपाले जनकपुरधाम सहित पूरै धनुषा जिल्लालाई राजधानीको रुपमा प्रस्ताव दर्ता गराई सकेको छ । यता, मिथिला राज्य संघर्ष समितिका अध्यक्ष परमेश्वर कापडि यो प्रदेश ऐतिहासिक र पौराणिक हिसावले मिथिला प्रदेश रहेको बताउनु हुन्छ ।

प्रस्ताव दर्ता भएपछि अब सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेर हाउसमा प्रस्ताब राख्ने व्यवस्था छ । प्रदेश नं. २ का प्रदेश सभाका सचिव रंजित यादवले प्रस्ताव संशोधन सहित संसदिय विशेष समितिले प्रस्ताव र समर्थनलाई अध्यन गरेर एक महिनामा प्रतिवेदन बुझाउने समय हुने जानकारी दिनुभयोे ।

विरोध नभए एक महिनामा प्रदेशको नामाकरण र राजधानी निर्धारण हुने पनि उहाँले बताउनु भयो । प्रदेश २ का लागि प्रदेशसभा सांसदहरुले मिथिला भोजपुरा, मिथिला भोजपुरा मधेस, जानकी, जनक, तराईं लगायतका नामहरु प्रस्ताव गर्दै संसदीय दलमा बुझाएका छन् । तर प्रदेशको नामाकरण के हुने हो नतिजा आउन बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);