शिक्षकको स्थायी दरबन्दी वितरण कार्य सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

शिक्षकको स्थायी दरबन्दी वितरण कार्य सुरु हुँदै

girirajmani pokhrel

काठमाडौं, १२ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुन:वितरण कार्य सुरु गर्ने भएको छ ।

राजधानी काठमाडौंमा विहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आईसकेकाले अब दरवन्दी वितरणको काम सुरु गरिने बताउनुभएको हो ।

दरबन्दी पुर्नवितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदन मन्त्रीपरिषद्ले पास गरेको मन्त्री पोख्रेलले जानकारी दिनुभयो । उहाँले शिक्षक सेवा आयोगको नियमावलि पनि मन्त्रीपरिषद् बैठकद्धारा संशोधन भईसकेको जानकारी दिनुभयो । उहाँले शिक्षा पुर्वाधारको पनि पुर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताउनुभयो ।