अस्थायी शिक्षकहरुलाई स्थायी गराउन सकिदैन: शिक्षा मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अस्थायी शिक्षकहरुलाई स्थायी गराउन सकिदैन: शिक्षा मन्त्री

giriraj pokhrel

काठमाडौं, २५ बैशाख । सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताउनु भएको हो । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिक सत्र भित्रै सम्मानका साथ विदाई उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले पटक पटक परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने भन्दै गुणस्तरीय शिक्षामा जोड दिईरहेका बेला परीक्षामा अनुर्तीण भएका अस्थायी शिक्षकहरुलाई स्वतहः स्थायी गर्न व्यवहारिक समेत नहुने पनि स्पष्ट पार्नु भयो ।

बैठकमा समितिकी सदस्य रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरेर अघि बढन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो । प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको उपसमितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिबेदन बुझ्दै मन्त्री पोखरेलले शिक्षकहरुको दरबन्दी मिलानमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);