अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउन लागेको विरोधमा आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउन लागेको विरोधमा आन्दोलन

student hattal

काठमाडौं, १६ चैत । प्रमुख राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरुले शैक्षिक आमहडताल घोषणा गरेका छन् ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु, नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउन लागेको विरोधमा शैक्षिक आमहडताल घोषणा गरेका हुन् । शिक्षा ऐनको नवौं संशोधन खारेज गरिनुपर्ने र चैत २३ गतेका लागि तय गरिएको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने मागलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बेवास्ता गरेकाले भोलिदेखि अनिश्चितकालीन शैक्षिक आमहड्ताल गर्ने निर्णय गरेको विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।

अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउन लागेको विरोधमा विद्यार्थी संगठनहरुले आज देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);