शिक्षा ऐन संशोधनले शैक्षिक क्षेत्र ध्वस्त : विद्यार्थी संगठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शिक्षा ऐन संशोधनले शैक्षिक क्षेत्र ध्वस्त : विद्यार्थी संगठन

काठमाडौं, ५ असोज । प्रमुख दलका विद्यार्थी संगठनहरुले सरकारले शिक्षा ऐन संशोधन गरेर मुलुकको शैक्षिक क्षेत्र ध्वस्त पारेको आरोप लगाएका छन् ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष नविना लामाले शैक्षिक क्षेत्रलाई ध्वस्त पार्ने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको आरोप लगाएका हुन ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मलन गरी अनेरास्ववियूकी अध्यक्ष लामाले ऐन संशोधन गर्ने निर्णय तत्काल फिर्ता नलिए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संशोधित शिक्षा ऐनले मुलुकको शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने भएकाले विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्नु परेको स्पष्ट पारे ।

उनले संशोधित सो ऐन फिर्ता लिएर मुलुकमा गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन माग गर्दै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिए ।

सरकारले शिक्षा ऐनको नवौं संशोधनमार्फत् लोक सेवा आयोगको परिक्षामा अनुतिर्ण हुने अस्थायी शिक्षकहरुलाई समेत आर्थिक राहत उपलब्ध गराउन सकिने व्यवस्था गरेकोमा विद्यार्थी संगठनहरुको आपत्ति छ । नेपाल विद्यार्थी संघका अध्यक्ष महरले सरकारले ल्याएको यो ऐन गुणस्तरीय शिक्षा प्रतिकूल हुनेगरी आएको आरोप लगाए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);