जनकपुर उपमहानगरमा कांग्रेस भन्दा तीन गुणा अघि राजपा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

धनुषा, ५ असोज । धनुषाको जनकपुर उपमहानगरपालिकाको पछिल्लो मत परिणाममा राजपा कांग्रेस भन्दा तीन गुणा अगाडि देखिएको छ।

राजपाका मेयर उम्मेदवार लालकिशोर शाह ५६१७ मत ल्याएर अग्रस्थानमा रहेका छन् । यो मत नेपाली कांग्रेसका उम्मेदवारको भन्दा तीन गुणा बढी हुन आउँछ । कांग्रेसका उम्मेदवार मनोज कुमार शाहले १८५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै यहाँ स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेको छ । स्वतन्त्र उम्मेदवारको पक्षमा १२०२ मत परेको छ । एमालेका मेयर उम्मेदवार लक्ष्मीनारायण भगतले भने ८५४ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);