महानगर अपडेट : कांग्रेससँग दूरी बढाउँदै फोरम, माओवादी भन्दा १८३ मतले एमाले अगाडि (सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महानगर अपडेट : कांग्रेससँग दूरी बढाउँदै फोरम, माओवादी भन्दा १८३ मतले एमाले अगाडि (सूची सहित)

काठमाडौँ, १० असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ।

८४ हजार भन्दा बढी मत खसेकोमा ६७ हजार ७ सय ३५ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो ।

अलिे प्राप्त पछिल्लो मत परिणाम अनुसार संघीय समाजवादी फोरमका मेयर उम्मेदवार संघीय
विजयी सरावगी १५,७७८ मत सहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार
अजयकुमार द्विवेदी १४,३३८ मत सहित दोस्रो स्थानमा छन्।

उप मेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की १६,६१५ मत सहित अग्रस्थानमा छन् । संघीय समाजवादी फोरमकी उप मेयर उम्मेदवार पिंकी यादवले १५,०५० मत सहित कार्कीलाई पछ्याई रहेकी छन्।

 

 

यस्तो छ अन्य दलको मत परिणाम

राजपा
मेयर – राजेशमान सिंह : ९६४३
उपमेयर – रम्भा मिश्र : ८८४८

माओवादी केन्द्र
मेयर – रहबर अन्सारी : ७१६५
उपमेयर – दुर्गा क्षेत्री : ४४२६

नेकपा एमाले
मेयर – बसुरुद्दिन अन्सारी : ७३४८
उपमेयर – सोफिया आचार्य : ८८२१

फोरम लोकतान्त्रिक
मेयर – विमल श्रीवास्तव : ६०३८
उपमेयर – रींकू यादव : ५०३२

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);