महानगर अपडेट : ५७ हजार मतगाणना हुँदा कांग्रेससंग दूरी बढाउँदै फोरम, यस्तो छ अहिलेसम्मको अवस्था | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महानगर अपडेट : ५७ हजार मतगाणना हुँदा कांग्रेससंग दूरी बढाउँदै फोरम, यस्तो छ अहिलेसम्मको अवस्था

पर्सा, ७ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता बढाउँदै लागेको छ। ८४ हजार भन्दा बढि मत खसेको महानगरमा ५७ हजार २ सय ३० मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ। महानगरमा सुरुवातमा राजपाले अग्रता लिएको त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो।

पछिल्लो मत परिणाम अनुसार संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगी १३२५९ मत सहित अग्रस्थानमा छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अजयकुमार द्विवेदीले १२६३१ मत पाएका छन्। जसमा दुई उम्मेदवारबीचको मतान्तर ६२८ हुन पुगेको छ।

उप मेयरमा भने नेपाली कांग्रेसकी उप मेयर पदकी उम्मेदवार शान्ति कार्की भारी मतले अगाडि छन्। उनको १४३७६ मत छ भने उनलाई पछ्याई रहेकी फोरम नेपालकी उम्मेदवार पिंकी यादवको मत १२४९५ छ।

यस्तो अन्य दलको मत

राजपा

मेयर – राजेशमान सिंह: ८३३६
उपमेयर – रम्भा मिश्र: ७१९४

 

माओवादी केन्द्र

मेयर – रहबर अन्सारी : ५७०३
उपमेयर – दुर्गा क्षेत्री : ३६२६

नेकपा एमाले

मेयर – बसुरुद्दिन अन्सारी : ६३९१
उपमेयर – सोफिया आचार्य : ७५३१

फोरम लोकतान्त्रिक

मेयर – विमल श्रीवास्तव : ५०८५
उपमेयर – रींकू यादव : ४१२४

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);