वीरगन्ज महानगरमा मतान्तर बढाउँदै राजपा, समग्र पर्सामा समाजवादी फोरम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

वीरगञ्ज, ४ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। पर्साका १४ स्थानीय तहमध्ये पाँच वटामा अग्रता लिँदै संघीय समाजवादी फोरम सबैभन्दा अगाडि देखिएको छ। प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जमा भने राजपाको अग्रता कायमै राखेको छ।

महानगरपालिकामा अहिलेसम्म ५ हजार मत गन्दा प्रमुख पदमा राजपाका उम्मेद्वारले २१४३ र उप-प्रमुख पदमा २०१२ मत ल्याएर अग्रता लिइरहेका छन्। राजपालाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेद्वारले १८०५ मत ल्याएका छन् भने उपप्रमुखमा कांग्रेसले १९७४ मत ल्याएकी छन्। कांग्रेसले राजपासँगको मतान्तर ३३८मा पुर्‍याएको छ।

जारी मतगणनामा संघीय समाजवादी एक नगरपालिकासहित पाँच वटा तहमा अगाडि छ। नेकपा एमाले एक नगरपालिकासहित तीन स्थानीय तहमा, नेपाली कांग्रेस र माओवादी केन्द्र दुईरदुई स्थानीय तहमा तथा नेपाली जनता दलले एक गाउँपालिकामा अग्रता लिइरहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);