स्थानीय निर्वाचन : नेपाली कांग्रेस २६५ स्थानमा विजयी, अन्य दल कुन स्थानमा (सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले तीन चरणमा भएको स्थानीय निकाय निर्वाचनमा अहिलेसम्म २६५ तह जित्न सफल भएको छ। यस अगाडि सम्पन्न दुई चरणको निर्वाचनमा नेपाली कांग्रेसले २२७ स्थानीय तहमा विजयी भएको थियो भने अहिले मतगणना जारी रहेको तेस्रो चरणको निर्वाचनमा ३८ तहमा विजयी भएपछि २६५ तह पुगेको हो।

गत असोज २ गते प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा सम्पन्न निर्वाचनमा कांग्रेसले ३८ तह जित्दै प्रदेश नम्बर २ मा पहिलो दल बनेको छ । सोमबार दिउँसो १ बजे सम्ममा प्रदेश नम्बर २ का १३६ स्थानीय तह मध्य १३१ तहको नतिजा सार्बजनिक भइसकेको छ। मतगणना जारी रहेका ५ स्थानीय तहमध्ये बाराको बारागढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार देवदत्त बछारू थारू अग्रस्थानमा छन्।

त्यस्तैगरी नेकपा एमालेले तीन तहको निर्वाचनमा सर्बाधिक स्थानमा जित निकालेको छ। अहिलेसम्म प्राप्त परिणाममा एमालेले २९३ स्थानीय तहमा विजयी प्राप्त गरेको छ । मत गणना जारी रहेको प्रदेश २ का ५ तहमध्ये नेकपा एमालेका उम्मेदवारले बाराको कलैया उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा अग्रता लिईरहेको छ। त्यस्तैगरी नेकपा माओवादी केन्द्र तीन तहको निर्वाचनमा १०५ स्थानमा विजयी प्राप्त गर्दै तेस्रो दल बनेको छ ।

प्रदेश नम्बर २ को निर्वाचनमा माओवादीले २१ तहमा विजयी भयो। पहिलो चरणको निर्वाचनमा सहभागी नभएको संघीय समाजवादी फोरम स्वतन्त्रमा एक सहित नेपाल दोस्रो चरणको निर्वाचनमा ८ र तेस्रो चरणको निर्वाचनमा २५ गरी ३४ स्थानमा विजयी भएको छ। प्रदेश २ मा मत गणना जारी रहेका ५ तहमध्य फोरम नेपाल दुई तहमा अग्र स्थानमा छ। त्यस्तैगरी तीन चरणमा सम्पन्न स्थानीय निर्वाचनमा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी ५, नेपाल लोकतान्त्रिक फोरम ९, राष्ट्रिय जनता पार्टी २५, नेपाली जनता दल २ र अन्य साना दल र स्वतन्त्र व्यक्ति १२ तहमा विजयी भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);