राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार मध्यान्ह १२ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशहरू विरूद्ध प्राप्त उजुरी खोल्ने र वितरण गर्ने, सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशहरूको सुनुवाई सम्बन्धी कार्यतालिका पारित गर्ने तथा प्रश्तावित न्यायाधीशहरूबाट पेश भएको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूचि रहेको छ ।

Related Post
Share

This website uses cookies.