कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख  | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख 

काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ । स्थानीय निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);