१३३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, ३ तहको अाउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१३३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, ३ तहको अाउन बाँकी

nirbachan aayog

काठमाडौँ, १० असोज । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते निर्वाचन सम्पन्न भएको थियो । जहाँ १३६ स्थानीय तह कायम गरिएको छ । १३६ तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेस ३९ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १८ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो विवरण अनुसार, वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।

वीरगन्ज नगरपालिकाको ३ वटा वडाका मतपेटिकाहरु खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको ५ वटा वडाको मतगणना गर्न बाँकी रहेको छ । जम्मा १२७१ वडामा भएको निर्वाचनमा हालसम्म १२५६ वडाको मतगणना कार्य सम्पन्न भएको छ र तीनवटै नगरपालिकाको गरी अब १५ वटा वडाहरुको मतगणना गर्न बाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);