१०९ वटा स्थानीय तहसहित ११०५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१०९ वटा स्थानीय तहसहित ११०५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक

local election

अब २७ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी

असोज २ गते १३६ स्थानीय तहका १,२७१ वडाका लागि निर्वाचन भएको

काठमाडौँ, ७ असोज । असोज २ गते सम्पन्न भएकाे प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये शनिबार अपराह्नसम्म १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट आज अपरान्ह प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, नेकपा (एमाले) १३, नेकपा माओवादी केन्द्रका १९, राष्ट्रिय जनता पार्टी नेपालका १८, संघीय समाजवादी फोरम नेपालका २०, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति १ स्थानीय तहमा विजयी भएका छन् ।

यसैगरी, अहिलेसम्म ११०५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ । अब २७ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका १,२७१ वडाका लागि निर्वाचन भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);