७० वटा स्थानीय तहमा मतगणना, वीरगञ्ज र जनकपुरमा तयारी हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ, ३ असोज । प्रदेश नम्बर दुईमा ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि हिजो सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले ७० वटा स्थानीय तहको मतगणना रातिदेखि नै सुरु भएको जनाएको छ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त विवरणमा उल्लेख छ। राजविराज नगरपालिकाको वडा नं. १५ मा राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछिमात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ।

अहिलेसम्म प्राप्त प्रारम्भिक मतगणनामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम तीब्र प्रतिस्पर्धामा छन्। वीरगञ्ज र जनकपुरमा सर्वदलीय बैठकपछि मतगणना स्थलमा बस्ने प्रतिनिधि टुङ्गो लाग्नेछ। लगत्तै मतगणना अगाडि बढाउने तयारी मुख्य निर्वाचन अधिकृतहरुले गरिरहेका छन्।

धनुषामा १८ स्थानीय तह मध्ये १० स्थानमा मतगणना सुरु भएको छ। पर्सामा पनि अधिकाशं स्थानमा मतगणना सुरु भएको छ। साथै प्रारम्भिक मतपरिणाम समेत आउन सुरु गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);