प्रारम्भिक मतपरिणाम : कांग्रेसलार्इ पछ्याउँदै एमाले-माओवादी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रारम्भिक मतपरिणाम : कांग्रेसलार्इ पछ्याउँदै एमाले-माओवादी

 

काठमाडौं, ३ असोज । २ नम्बर प्रदेशको प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यस्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् । राजपा र फोरमले पनि केही स्थानमा अग्रता लिएका छन्।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ । कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ। बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ । कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ । बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ ।

२ नम्बर प्रदेशमा माओवादीले पहिलो खाता खोल्यो, प्यानलै विजयी

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन् । रातीबाटै मतगणना सुरु भएका ठाउँमा पनि दुई सय हाराहारी मात्र मत गनिएका छन् । रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ । तर प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन्।

मुख्य चासो रहेको वीरगञ्ज महानगरमा मतगणना अहिले केहिबेरमा सुरु हुदैँछ । त्यस्तै जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि बिहान ८ बजेबाट गणना सुरु गर्ने तयारी भैरहेको छ । १ सय ३६ स्थानीय तहमा निर्वाचन भएकोमा सप्तरीको राजविराजमा मतगणना पाँच गतेपछि मात्र हुनेछ । त्यहाँ वडा नं १५ मा ५ गते निर्वाचन छ। झण्डै आधा जसो स्थानीय तहमा मतगणना सुरु भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);