माओवादी-एमाले ३-३ वडामा विजयी, कांग्रेस र संघीय फोरम १-१ वडामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, ३ असोज । मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ। केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ । पछिल्लो परिणाम अनुसार माओवादीले ३, एमालेले ३, कांग्रेसले एउटा र संघीय समाजवादी फोरमले एउटा वडामा जितेका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुँवर २ सय ८ मत ल्याई प्यानलसहित विजयी हुनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र सिरहको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी भएका छन्। बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका पनालाल साह प्यानलसहित विजयी भएका छन्।

धनुषाको हंसपुर नगरपालिका वडा नंबर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भएका छन्। पर्साको पटेर्वा सुगौलीको वडा नम्बर १ मा एमालेका फरमान अन्सारी र पर्साकै विन्दबासिनी गाउँपालिकाको वडा नम्बर १ मा एमालेकै सगिर मिया विजयी भएका छन्। सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी भएका हुन्। सिरहाको लहान नगरपालिका वडा नंबर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका सियाराम यादव विजयी भए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);