सिरहाको १८ वडाको मत गन्दा माओवादी अगाडि, एमाले र फोरम बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरहाको १८ वडाको मत गन्दा माओवादी अगाडि, एमाले र फोरम बराबरीमा

सिरहा, ४ असोजः बुधबार बिहानसम्म सिरहाका विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले ८ वडामा जितेर आफ्नो अग्रता कायम राखेको छ । नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले तीन/तीन र नेपाली काँग्रेस र राजपाले दुई/दुई वडामा विजय भएका छन् ।

पछिल्लो मतपरिणमको जानकारी अनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन् । धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साहको प्यानल विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ अर्नामा गाउँपालिका–१ मा ७२४ मत ल्याएर प्यानलसहित विजयी भएका छन् भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी भएका छन् ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाए अनुसार मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएका छन् भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी भएका छन् । । यो परिणामसँगै माओवादी केन्द्रले सिरहामा आठवटा वडामा जित हात पारेको छ ।

यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी भएका छन् ।

यस्तै, सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी भएका छन् । एमालेले धनगढीमाई नगरपालिका–१ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी भएका छन् । कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी भएका छन् ।
यस्तै, संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक÷एक वडामा विजय हासिल गरेको छ ।

औरही गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर ५४७ मतसहित विजयी भएका छन् भने भगवानपुर गाउँपालिका–१ का संघीय समाजवादी फोरम नेपालकै वडाध्यक्षका उम्मेदवार बद्रीनारायण यादव विजयी भएका जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादव प्यानलसहित विजयी भएका छन् ।

यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली काँग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित बिजयी भएका छन् । यसअघि लहान नगरपालिका–२ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित बिजयी भएका थिए।

सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । कल्याणपुर नगरपालिका–१ मा ५१२ मतसहित राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा सोही पार्टीका वडाध्यक्षका उम्मेदवार जयराम कामती विजयी भएका छन् ।

लहान नगरपालिकाको हालसम्मको मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली काँग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);