पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पर्सा, ५ असोज । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ति माया थिङ निर्वाचित भएकी छन् ।

अध्यक्ष श्रेष्ठले २,८०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर श्रेष्ठले २,३६३ मत पाए । त्यस्तै उपाध्यक्ष थिङले २,४८३ मत पाइन् भने निकटतम प्रतिद्वन्दी एमालेले २,३०२ ल्याएकी छन् ।

योसँगै माओवादीले तेस्रो चरणको स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा तीन स्थानमा जित हासिल गरेको छ । यसअघि माओवादीले सिरहाको कर्जन्हा नगरपालिका र अर्नामा नगरपालिकामा जित हासिल गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);