कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार विजयी

सिरहा । कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । नगरपालिकाको मेयरमा एमाले र  उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् । मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । पोखरेललले तीन हजार आठ सय ३९ र उपप्रमुखमा विजयी श्रेष्ठले तीन हजार चार सय ८७ मत ल्याएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धीहरू जसपाका केशवप्रसाद साहले तीन हजर दुई सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा नविर्तमान मेयर गंगा पासवानले दुई हजार चार सय ८२ मत प्राप्त गरेका छन् । उपमेयर श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निर्मलाकुमारी देवी पासवानले तीन हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नविर्तमान उपमेयर ज्ञानु कुमारी श्रेष्ठले दुई हजार चार सय ५६ मत प्राप्त गरेकी छिन् ।

नगरपालिकाकाे ११ वडामध्ये पाँच वडामा नेकापा एमाले, तीनमा जसपा, एक-एकमा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन् । यस नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा माओवादी केन्द्रले विजयी हाससल गरेको थियो । यसपटक माओवादी तेस्रो स्थानमा पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);