धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०७९, शुक्रबार

धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।

महतो नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेद्वारहरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे । चाैधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे । जम्मा १४ वडा रहेको यस पालिकामा सबैभन्दा बढी नेपाली का‌ंग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्।

Leave a Reply