सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

काठमाडौं ।

नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले वर्तमान सरकार गठन भएको सय दिन पूरा हुँदा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सरकार निर्वाचित अधिनायकवाद र अलोकतान्त्रिक पद्धतिबाट अगाडि बढिरहेको आरोप लगाउनुभएको हो । उहाँले संविधान संशोधनका सन्दर्भमा सत्ता पक्षबाट विरोधाभासपूर्ण अभिव्यक्तिहरू आएको र प्रधानमन्त्री कार्यालयबाट शुरु भएको प्रक्रियाप्रति नेकपा (एमाले) को गम्भीर असहमति रहेको स्पष्ट पार्नुभयो । संसदीय अभ्यासमा प्रतिनिधि सभा सञ्चालन नियमावली जबरजस्ती पारित गरिनुले कानूनी राज्यको मर्यादा मिचेको उहाँको तर्क छ ।

सांसद बरालले फौजदारी कानुनभन्दा माथि रहने गरी विशेष कानून निर्माण गर्ने प्रक्रिया र मन्त्रीहरूमाथि उठेका नैतिक प्रश्नहरूलाई आन्तरिक रूपमा किनारा लगाउन खोज्नु कानूनी राज्यको धज्जी उडाउनु भएको बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा ऐन ल्याउनुको सट्टा नियमावलीका आधारमा शिक्षक र विद्यालय व्यवस्थापन समितिमाथि नियन्त्रण गर्न खोजिएको भन्दै उहाँले आपत्ति जनाउनु भयो । सरकारले मौलिक हक र संवैधानिक आयोगहरूमाथि एकपछि अर्को हमला गरिरहेको बताउँदै सांसद बरालले यसले संविधानविद् र राजनीतिक दलहरूमा चिन्ता बढाएको उल्लेख गर्नुभयो । उहाँले नेप्से परिसूचकमा देखिएको २९८ अङ्कको गिरावट र बैंकिङ क्षेत्रको लगानीमा सुस्तता आउनुले सरकारको आर्थिक आधार कमजोर रहेको पुष्टि गरेको दाबी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार