सरकार विधि र लोकतान्त्रिक मूल्य विपरित चल्योः एमाले सांसद राई | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

सरकार विधि र लोकतान्त्रिक मूल्य विपरित चल्योः एमाले सांसद राई

काठमाडौँ ।

नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि गर्नुभयो । सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले गणतन्त्र र लोकतन्त्रको नाममा भाषण मात्र भइरहेको तर मुलुक निर्माणका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको टिप्पणी गर्नुभयो । उहाँले सरकार आफूहरुले ल्याएको लोकतन्त्र र गणतन्त्रमा झण्डा फहराएर भाषण गरेर हिँडेको भएपनि मुलुक निर्माणको आधार दिन नसकेको बताउनु भयो ।उहाँले मुलुक आफूहरुले बनाएको दाबी गर्दै फेरि पनि मुलुक निर्माणको लागि एमालेको आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply