रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न– प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न– प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ?

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसदलाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले यस्तो बताउनुभएको हो ।

सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको बताउनु भयो । उहाँले मन्त्रीहरुले सम्बन्धीत मन्त्रालयसँग सम्बन्धीत प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत बताउनु भयो । उहाँले संसदमा उठेका सबै प्रश्नको जवाफ दिनेगरी सरकारले तयारी गरिरहेको भएपनि प्रधानमन्त्री स्वयंले संसदलाई कहिले सम्बोधन गर्नुहुन्छ भन्नेबारे स्पष्टता नभएको संकेत गर्नुभयो । लामो समयदेखि प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।–

Leave a Reply

ताजा समाचार