प्रधानमन्त्रीले संसदमा नबोलेसम्म विरोध जारी रहन्छः श्रम संस्कृति पार्टी | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

प्रधानमन्त्रीले संसदमा नबोलेसम्म विरोध जारी रहन्छः श्रम संस्कृति पार्टी

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गृह मन्त्रालयमाथि सुकुम्बासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताउनु भयो ।उहाँले सरकारको आलोचना गरेकै आधारमा निलम्वन गरिन्छ भनेपनि आफूहरु तयार रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार