प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट नहटेसम्म संसदमा हाम्रो विरोध जारी रहन्छः प्रमेश हमाल | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट नहटेसम्म संसदमा हाम्रो विरोध जारी रहन्छः प्रमेश हमाल

काठमाडौं ।

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदको दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आफूहरुले त्यसको विरोध कार्यलाई जारी राख्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विपक्ष दलहरुले विरोध जारी रहने अडान राख्नु भएको हो ।

सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरुको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हो ? भनि प्रश्न गर्नुभयो ।सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार