प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा संकल्प प्रश्ताव पेश | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा संकल्प प्रश्ताव पेश

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका सम्बन्धमा विगतमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रश्ताव पेश गर्नुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको हो । संसद्मा जारी गतिरोध अन्त्यका लागि जिम्मेवार भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद राईद्वारा प्रश्तुत प्रश्तावमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भनी दिनुभएको अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिइएको छ । उक्त अभिव्यक्तिलाई तत्काल संसदको रेकर्डबाट हटाई प्रधानमन्त्रीको लिखित वक्तव्य समेत समावेश गरिनुपर्ने उहाँको माग छ । संकल्प प्रश्तावमा आगामी दिनमा प्रधानमन्त्री, मन्त्री वा सांसद जोसुकैले पनि राष्ट्रिय सार्वभौमिकता र अखण्डताको सवालमा यस्ता तथ्यहीन र राष्ट्रहित विपरीतका अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न माग गरिएको छ । जनताका प्रतिनिधिहरू संसद्मा केवल विवाद गरेर मात्र बस्न नहुने र जनउत्तरदायी बन्नुपर्ने धारणा राख्दै सांसद राईले यो संकल्प प्रश्ताव पारित गरी संसदीय गतिरोध अन्त्य गर्न सभामुखमार्फत सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

Leave a Reply