विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा जान कुनै अफ्ठ्यारो नरहेको प्रष्टिकरण दिनुभएको छ ।
मंगलवार मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो । यसअघि पनि प्रधानमन्त्रीले आवश्यक्ता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसंग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनु भयो ।

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमासम्बन्धी दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गरि संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथी लागेको आरोपको पनि बचाउ गर्नुभएको छ । अर्थमन्त्री वाग्लेमाथी स्वार्थ समूह अनुकुल रहेर करका दर हेरफेर गरेको आरोप लागेको छ । प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्नुहुँदै पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले करका नीति फेरबदलसम्बन्धी कुनै कुरा मन्त्रीपरिषद्मा नउठेको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिइ करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ । विपक्षीहरुले स्वार्थ समूहको मिलेमत्तोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानविनको माग राखेका छन् ।

Leave a Reply