पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे । तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् । जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्र्थ्याइएको छ ।

एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन् । थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित भए । तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);