एमाले अध्यक्ष ओली र एमाले नेता बस्नेत मतदाता रहेको भक्तपुरको सूर्यविनायक चर्काे प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले अध्यक्ष ओली र एमाले नेता बस्नेत मतदाता रहेको भक्तपुरको सूर्यविनायक चर्काे प्रतिस्पर्धा

सन्दिप शर्मा,
कठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका प्रभावशाली नेताका रूपमा चिनिने महेश बस्नेत मतदाता रहेको भक्तपुरको सूर्यविनायक नगरपालिकामा सत्तारुढ गठबन्धन दल र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वार चुनावमा होमिएपछि नेकपा एमालेका उम्मेद्वार र गठबन्धनका उम्मेद्वारबीच चर्काे प्रतिस्पर्धा हुने अनुमान गरिएको हो । सत्ता गठबन्धनले मेयरमा कांग्रेसका नेता निशान ढुंगेल र उपमेयरमा नेकपा एसका श्यामकृष्ण बस्नेतलाई चुनावी मैदानमा उतारेको छ भने एमालेले मेयरमा वासुदेव थापालाई दोहो¥याउँदा उपमेयरमा सरिता तिमल्सिना भट्टराईलाई उम्मेद्वार बनाएको छ ।

सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका मेयरका उम्मेद्वार दिएका नेपाली कांग्रसका नेता निशान ढुंगेलले आपूmहरू विजयको नजिक पुगी सकेको दाबी गरेका छन् । विगतमा निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणका काम गर्न नसकेको, उनीहरूको गलत रबैया, आपूm सेवक होइन शासक हो भन्ने प्रवृति र राजनीतिक अपराधिकरणका कारण सूर्यविनायकमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।

त्यसैगरी सत्ता गठबन्धनबाटै उम्मेद्ववारी दिएका नेकपा एसका नेता श्यामकृष्ण बस्नेतले यस भन्दा अगाडि निर्वाचित एमालेका जनप्रतिनिधिहरुले जनतालाई देखाएको सपना पुरा गर्न नसकेको कारण सूर्यविनायकमा थुप्प्रै समस्या रहेको र आफुहरु उक्त समस्याको समाधान गर्ने योजना सहित जनताको घर दैलोमा पुगेकाले यस पटक आफुहरुको जित हुने दाबी गरेका छन् ।

यता नेकपा एमालेले पुनः मेयरमा उम्मेद्वार बनाएका वासुदेव थापाले भने सूर्यविनायक नगरपालिकामा आफ्नो कार्यकालमा अधिकतम विकासका काम भएको हुनाले जित सुनिश्चित भएको दाबी गर्छन् । थापाले पदका लागि भन्दा पनि जनताको इच्छा र चाहनाअनुसार जनताकै सेवाका लागि पुनः जनताले मेयर पदमा आपूmलाई देख्न चाहेकाले आफ्नो जित हुने बताएका छन् ।

उम्मेद्वारहरूले आआपूmले निर्वाचन जित्ने दाबी गरे पनि जनताले भोट हालेर जिताउने उमेद्ववारको नै निर्वाचनमा विजयी हुने हो । सूर्यविनायक नगपालिकाका स्थानीय भने भ्रष्टाचार नगर्ने तथा विकासप्रेमी नेता चुनावमा विजयी हुनुपर्ने बताउँछन् । एमाले र गठबन्धनका दलले आआफ्नो प्रतिष्ठाको रूपमा लिएको सूर्यविनायक नगरपालिकामा कसले बाजी मार्छ त्यो त आगामी निर्वाचनको परिणामले नै देखाउने छ ।

भिडियो रिपोर्ट

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);