स्थानीय निर्वाचन : भक्तपुरमा गठबन्धनबीच भागबन्डामा रस्साकस्सी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

स्थानीय निर्वाचन : भक्तपुरमा गठबन्धनबीच भागबन्डामा रस्साकस्सी

भक्तपुर । भक्तपुरमा सतारुढ पाँंचदलीय गठबन्धनबीच भागबन्डा मिलाउन रस्साकस्सी चलेको छ । भागबन्डा मिलाउन नसकेपछि सबै पार्टीहरूले छुट्टाछुुट्टै रुपमा उम्मेदवार हुन चाहने आकांक्षीहरूको नामावली संकलन गरी आ–आफ्नो पार्टी केन्द्रहरूमा पठाइरहेका छन् ।

कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार चयनका लागि प्रयासरत छन् । जनता समाजवादी पार्टीको खासै चर्चा छैन भनो जनमोर्चा नेपालको जिल्ला संगठन नै छैन । जिल्लामा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चारवटा नगरपालिका छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेतले पटकपटक छलफल भए पनि भागबन्डा मिल्न नसकेको बताए । यही कारण आफूहरू एक्लै भए पनि चुनावमा लड्न सबै नगरपालिकाका वडासहितमा उम्मेदवार सार्वजनिक गरेको उनले जनाए ।

उनका अनुसार सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा छन् भने उपप्रमुखका आकांक्षी शोभा श्रेष्ठ र दिलीप केसी छन् । मध्यपुर थिमि नगर प्रमुखको आकांक्षीमा भवानी खड्का, दुर्गामोहन श्रेष्ठ, पुण्यरत्न रञ्जित, प्रेमानन्दलाल श्रेष्ठ छन् । उपप्रमुखमा रीतु चित्रकार र नवीनप्रकाश श्रेष्ठ छन् ।

चाँगुनारायण नगर प्रमुखको आकांक्षी रामप्रसाद न्यौपाने एक्लै छन् भने उपप्रमुखमा शान्ति खड्का र अञ्जना पोखरेलको नाम सार्वजनिक गरिएको छ । यता भक्तपुर नगरपालिकामा भने मेयरमा दुुई जना आकांक्षी छन् । मेयरमा ओमचरण अमात्य र रीता अवाल दुई जना आकांक्षी छन् ।

नेकपा एसकै जिल्ला अध्यक्ष बस्नेतले प्यानलगत रूपमा आकांक्षीको नामावली संकलन भए पनि गठबन्धनका विषयमा छलफल भइरहेको बताए । ‘हामी जति पनि लचिलो हुन तयार छौं, उनले भने, गठनबन्धकै लागि अहिलेसम्म चारपटक बैठक बसिसकेका छौं । तर निष्कर्षमा पुग्न सकेका छैनौं ।’ नेपाली कांग्रेसले सबै नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दाबी गरिरहेको छ । गठबन्धनमा उम्मेदवार चयनमा सकस भइरहेपछि कांग्रेसले पनि चारवटै नगरपालिकामा आफ्नो उम्मेदवार सार्वजनिक गरेको छ ।

कांग्रेसबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा विष्णुराज कार्की, सुशील बस्नेत, नारायणभक्त खायमली, उद्धव सिलवाल, राजनकाजी त्वाती, प्रेमबहादुर खड्का, रवि राणा, भेषबहादुर कार्की र राजन बके छन् । ललिता धिताल पोखरेल, रीता खत्री, संगीता थापा, सुनीता खत्री, कान्छीमाया श्रेष्ठ, पुनम केसी, मीनाकुमारी ढकालले उपप्रमुखमा दाबी गरेका छन् ।

कांग्रेसकातर्फबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीमा अष्टकुमार कवे, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, गणेश चक्रधर, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई र रामकाजी चक्रधर गरी नौजना छन् । कांग्रेसबाट अञ्जनादेवी मधिकर्मी, उर्मिला वन, कमला कर्माचार्य, प्रमिला सुवेदी आचार्य, लक्ष्मीशोभा प्रजापति उपप्रमुखका आकांक्षी हुन् ।

कांग्रेसबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा शिवहरि केसी, सुरेश श्रेष्ठ, जीवन खत्री, प्रवीण वन, यादवप्रसाद अधिकारी, सरु बानियाँ, जयन्द्र खड्का, अच्युत अधिकारी, पुष्कर खत्री छन् । सुभद्रा काफ्ले, राजेश खड्का, संगीता फुयाल आचार्य, सचिला खड्का, रविता कार्की, रूपा थापा, संगीता दुलाल नेपाल, सावित्री लामिछाने उपप्रमुखको उम्मेदवार बन्ने दाउमा छन् । कांग्रेसबाट भक्तपर नगर प्रमुखमा अघिल्लो निर्वाचनमा पराजित राम कासुला र नारायणप्रसाद तमखु आकांक्षी छन् ।

माओवादी केन्द्रबाट चाँगुनारायण नगर प्रमुखमा रामशरण दाहाल, रामलाल न्हेम्हाफुकी, नरेश खड्का, राजेन्द्र आगन्जा र हरिकृष्ण रावतले दाबी गरेका छन् भने उपप्रमुखमा चण्डिका लामिछाने र शान्ति केसी छन् ।  सूर्यविनायक नगर प्रमुखका आकांक्षी कल्पदीप राई, सनिस लागेजु, रामजी भण्डारी, नारायणप्रसाद राजथला छन् । सूर्यविनायक नगर उपप्रमुख, मध्यपुर थिमि र भक्तपुर नगर प्रमुख÷उपप्रमुखका विषयमा छलफल भइरहेको छ ।

एमालेकातर्फबाट पनि चारवटै नगरपालिकामा आकांक्षीहरू सार्वजनिक भइसकेका छन् । उक्त पार्टीबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीहरूमा पार्टी जिल्ला अध्यक्ष बचन देउजा, मदनसुन्दर श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, तारामान जोशी, चन्दनकृष्ण श्रेष्ठ, राष्ट्रशमशेर थापा, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ देखिएका छन् ।

उपप्रमुखमा एमालेबाट सुचित्रा श्रेष्ठ, उत्तरा नेपाल र बिन्दु प्रजापतिको नाम जिल्ला कमिटीमा पठाएको एमाले जिल्लाले जनाएको छ । एमालेबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षी वासुदेव थापा, राजेन्द्र राजथला, किरण थापा, राजकुमार सिलवाल, सन्तोष ढुंगेल र गोविन्द चौलागाईं छन् । उपप्रमुखका आकांक्षीमा बहालवाला उपप्रमुख जुना बस्नेत, तारा सापकोटा, अम्बिका भण्डारी बस्नेत, सरिता तिमल्सिना, तारा खड्का बस्नेत, ममता राउत, लक्ष्मी कार्की अधिकारी, वीणा बस्नेत छन् ।

एमालेबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा रमेश बुढाथोकी, नीरञ्जन बजगाईं, दमोदर दंगाल, रामबहादुर श्रेष्ठ, नवराज गेलाल, गीताप्रसाद नेपाल, बिना बाँस्तोला, मोहनवीर श्रेष्ठ, शम्भुप्रसाद दाहाल र प्रेमकुमार श्रेष्ठ छन् । नारायणी फुयाल दंगाल, शारदा थापा मगर, सावित्री थापा, परासर सापकोटा, शिवराम तिमल्सिना, मन्दरा मिश्रले उपप्रमुखमा दाबी गरेका छन् ।

भक्तपुर नगरपालिकामा एमालेबाट विष्णुप्रसाद सुवाल, रवीन्द्र लाछिमस्यू, नारायणसुन्दर सिन्तकल, विश्वराज शिल्पकार र रोशन बज्राचार्यको नाम सिफारिस भएको छ भने उपप्रमुखमा रञ्जना खर्बुजा छिन् । नेमकिपाबाट भने कुनै पनि नगरमा आकांक्षीको नाम सार्वजनिक छैन । उसले पार्टीभित्रै छलफल गरी एकैपटक उम्मेदवारको नाम सार्वजनिक गर्र्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);