गुल्मीमा असीना पानीले करीब ३६ लाख बराबरको तरकारी तथा फलफुल खेती नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

गुल्मीमा असीना पानीले करीब ३६ लाख बराबरको तरकारी तथा फलफुल खेती नष्ट

सन्दिप शर्मा,

काठमाडौं । गत बैशाख ७ गते गुल्मीमा परेको भारी असीना पानीले करीब ३६ लाख बराबरको तरकारी तथा फलफुल खेती नष्ट गरेको छ । गुल्मीको मुसीकोट नगरपालिका, सत्यवती गाउँपालिका र मदाने गाउँपालिकामा किसानहरुले लगाएको ३६ लाख बराबरको तरकारी तथा फलफुल खेती नष्ट गरेको कृषि ज्ञानकेन्द्र कार्यालय गुल्मीका प्रमुख नबराज भण्डारीले बताए । भण्डारीका अनुसार मदाने गाउँपालिका १ अघ्लुङमा आलु, मकै, कागती, सुनतला र आरुपखरा सहित करीब २५ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट गर्दा ७ लाख बरारको क्षेती भएको छ ।

त्यसैगरी सत्यवती गाउँपालिकाको ठुलो लुम्पेक र पादी गाउँमा ३० हेक्टर क्षेत्रफलमा लगाएको करीब ८ लाख बरारको तकारी खेती, १२ सयबोट करीब १ लाख बराबको ड्रैगन फ्रूट सत्यवती गाउँपालिका कै ८ नम्बर भार्षेमा १० हेक्टर क्षेत्रफलमा लगाएको करीब १५ लाख रुपैयाँ बराबरको किबि खेती समेत असीना पानिले पुर्ण रुपमा नष्ट गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिकामा पनि किसानहरुले तरकारी खेती गर्दै आएका ३५ वटा नटेलमा पनि असिना पानीले क्षती गर्दा करीब ५ लाख बराबरको क्षती हुन पुगेको कृषि ज्ञानकेन्द्र कार्यालय गुल्मीका प्रमुख भण्डारीले बताए । ठुलो मात्रामा परेको असिना पानि र हावा हुरीका कारण गुल्मीका उक्त दिन जनजिवन समेत प्रभावित बन्न पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);