दाङमा असिना पानीले तरकारी खेती सखाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङमा असिना पानीले तरकारी खेती सखाप

दाङ । दाङमा बुधबार परेको भारी असिना पानीले जिल्लाका विभिन्न ठाउँमा लाखौँ मूल्यको तरकारी खेतीमा ठूलो क्षति पु¥याएको छ । तुलसीपुर उपमहानगरपालिका १३ बखरिया क्षेत्रमा बुधबार दिउँसो परेको ठूलो असिना पानीले ठूलो क्षति पु¥याएको स्थानीय किसान शिशिर रावतले जानकारी दिए ।

उनले आफ्नो झण्डै एक विगाह जमिनमा लगाएको टमाटर, काँक्रा, करेलामा ठूलो क्षति पु¥याएको बताए । उनका अनुसार बखरिया क्षेत्रमा २५ बिगाहभन्दा बढीमा कृषकहरुले तरकारी खेती गर्दै आएका छन् । असिनाले सबै किसानले लगाएको तरकारी खेती पूर्णरुपमा नष्ट हुदाँ लाखौँ मूल्यको क्षति भएको उनले दुखेसो गरे ।

उनले भने‘ बारीमा तरकारी उत्पादन भइरहेको थियो । कोरोना महामारीले गर्दा बन्दाबन्दी हुदाँ तरकारी विक्री भएको थिएन् । मंगलबार मात्र ३ रुपैयाँ किलो दरले टमाटर बिक्री गरेका थियौँ । आज असिनाले सबै नष्ट ग¥यो । अब हामी किसान कसरी बाँच्ने ? ’ आफूले अहिले सम्म यति ठूलो असिना परेको नदेखेको समेत उनले बताए । उनले भने‘ बारीमा तरकारीका ढाठ मात्र छन् । फल र पात त असिनाले पुरै छियाछिया पारिदिएको छ । ’

असिना पानीले गर्दा गाउँभरका सबै किसानहरु पीडामा परेका छन् ।

त्यस्तै दंगीशरण गाउँपालिका २ सरुवाडाँडामा तरकारी खेती गर्दै आइरहेका चक्रमिलन विश्वकर्माले पनि बुधवार दिउँसो परेको असिना पानीले टमाटर, काँक्रा, भान्टा, बन्दागोभी लगाएत तरकारमा क्षति हुदाँ लाखौँको नोक्सानी भएको बताए । उनका अनुसार करिब १५ कठ्ठा जमिनमा लगाएको तरकारीमा क्षति पुगेको छ ।

त्यस्तै बबई ७ झारगजेरीमा पनि असिना पानीले क्षति पु¥याएको छ । असिना पानीले करिब ९ बिगाह क्षेत्रफलमा झारगजेरीमा उत्पादन गरेको तरकारी नष्ट गरेको स्थानीय टोप बहादुर चौधरीले जानकारी दिए । उनका अनुसार करेला,लौका,भिन्डी,काँक्रा,भान्टा,बोडी लगायतका तरकारी खेतीमा असिनाले क्षति गरी नष्ट पु¥याएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);