शुक्रबार परेको असिना पानीले तराईका केही जिल्लामा अन्नबाली नोक्सान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शुक्रबार परेको असिना पानीले तराईका केही जिल्लामा अन्नबाली नोक्सान

रौतहट, १६ चैत । तराईका केही जिल्लामा शुक्रबार परेको असिना पानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ ।

असिना पानीले रौतहट सर्लाही लगायतका जिल्लामा अन्नबाली र तरकारी खेती नष्ट गरेको हो । रौतहटको यमुनामाई, दुर्गा भगवती गाउँपालिका, माधव नारायण, देवाही गोनाही, गढीमाई लगायतका नगरपालिकामा धेरै क्षति पुगेको छ ।

त्यस्तै सर्लाहीको बलरा, अचलगढ, मिर्जापुर, छतौना, गडहिया डुमरिया, हथिऔल क्षेत्रमा असिना पानी परेको थियो । असिना पानीले गहुँ, दलहन, आँप खेतीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

घर भित्रायाउने बेलामा असिना पानीले बालीनाली नष्ट गरेको भन्दै कृषक चिन्तित भएका छन् । असिनाले खपटाले छाएको घरमा समेत क्षति पुर्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);