तौलिहवा-बहादुरगंज हुलाकी सडकको स्तरोन्नति भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तौलिहवा-बहादुरगंज हुलाकी सडकको स्तरोन्नति भएन

कपिलबस्तु, १६ चैत । कपिलबस्तुको तौलिहवा-बहादुरगंज हुलाकी सडक बनाएको ६ दशक बित्यो । तर सो सडकको अहिलेसम्म स्तरोन्नति भएको छैन ।

दलहरुले निर्वाचनको मयमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । निर्वाचन सकिएपछि दलहरुले आफ्नो प्रतिबद्धता भुलेको स्थानीयले गुनासो गरेका छन् ।

राणाकालीन समयदेखि नै चिठ्ठीपत्र आदानप्रदान गर्न मधेशको बस्ती हुँदै पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म हुलाकीहरुले तौलिहवा– बहादुरगंज हुलाकी सडकको प्रयोग गर्ने गरेका थिए ।

सो सडक बनेको ६ दशक पुरा भयो । तर स्तरोन्नतिको पहल भएको छैन । गर्मीमा धुलो र बर्षामा हिलोले गर्दा सवारी चालक र यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

हुलाकी सडकमा पानि जमेर फोहोर थुप्रदा दुर्घन्दित भएको छ । सडक छेउबाट समेत हिँड्न कठिन भएको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);