क्रिकेट रंगशाला निर्माणमा सरकारको साथ छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

क्रिकेट रंगशाला निर्माणमा सरकारको साथ छ : प्रधानमन्त्री ओली

oli-dhurmussuntali

काठमाडौं, १७ चैत । क्रिकेट रंगशाला निर्माण गर्ने उदघोष गरेसँगै कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस-सुन्तलीलाई चौतर्फि रुपमा सहयोग गर्नै बाचाहरु आउन थालेका छन ।

एक दिन अगाडी कप्तान पारस खडकाले यो अभियानमा साथ दिने प्रतिक्रिया दिएको २४ घण्टामा नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको बाचा गरेका छन ।

नेपालले एकदिवसिय मान्यता पाएपछ देशमा कम्तिमा एउटा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान हुनुपर्नै भन्दै सामाजिक सञ्जालमा चौतर्फि चर्चा भएको थियो । त्यहि समयमा धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले देशका लागि यो अभियान अबको प्राथमिकता रहेको घोषणा गरेपछि उनको यो भनाई भाइरल भएको थियो ।

यसैविचमा प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीलाई शुक्रबार साँझ बालुवाटारमा बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री निवासमा झण्डै एक घन्टा लामो कुराकानीमा प्रधानमन्त्रीले तपाँईहरु अघि बढ्नुस्, सरकारले साथ दिने प्रतिबघद्धता जनाएका छन ।

जवाफमा धुर्मुस-सुन्तलीले रंगशाला निर्माणका लागि दबाव आएकाले त्यसअनुसार अघि बढ्न चाहेको बताए ।

रङगशाला बनाउँने घोषणा गरेपनि कहाँ बनाउने भन्ने तय भएको छैन । यसबारे निर्णय भएपछि जग्गाका लागि सरकार लगायतसँग छलफल गर्ने उनको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);