पाल्पाको हार्थोक–छहरा–तीनगिरे सडक खण्डको निर्माणमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पाको हार्थोक–छहरा–तीनगिरे सडक खण्डको निर्माणमा ढिलाई

sadak

प्रकाश नेपाल

पाल्पा, ६ चैत । पाल्पाको हार्थोक–छहरा–तीनगिरे सडक खण्डको निर्माण कार्य अलपत्र भएको छ । सडकको स्तरोन्नति नहुँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । सडक बनाउने जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेको स्थानीयले आरोप लगाएका छन् ।

पाल्पाको छहरादेखि तिनगिरे सम्मको ९ किलोमिटर सडक स्तरोन्नतिको काम २०७३ माघ मसान्तसम्म सम्पन्न गर्ने गरि २०७२ कार्तिकमा सम्झौता भएको थियो । तर सम्झौता भएको २ बर्षसम्म पनि ‘आशिष सुर्य चन्द्र जेभी कम्पनी’ले सडकको स्तरोन्नति नगरेको हो ।

सो सडक खण्डमा बुटवलबाट पाल्पाको पश्चिम हुँदै अर्घाखाँचीसम्म सवारी साधन चल्ने गरेका छन् । सडकको स्तरोन्नति नहुँदा यात्रु र चालकलाई सास्ती भएको छ । निर्माण कम्पनीको लापरबाहीले काम ढिलाई भएको सरोकारवालाको भनाइ छ ।

राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तर्गत विश्व बैंकको सहयोगमा ८ करोड २२ लाखको लागतमा सडकको स्तरोन्नती गर्न लागिएको हो । सडक नबन्दा कृषकहरुले उत्पादन गरेको दुध फलफूलले समेत बजार पाएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);