झापाको मेची नगरका स्थानीय दूषित पानी पिउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापाको मेची नगरका स्थानीय दूषित पानी पिउन बाध्य

खगेन्द्र घिमिरे
झापा, ६ चैत । झापाको मेचीनगरपालिका ३ का स्थानीय खोलाको दूषित पानी पिउन बाध्य छन् । बर्षौदेखि खोलाको भर पर्दा पनि सम्बन्धित निकायले धारा बनाउन चाँसो नदिएको स्थानीयको गुनासो छ ।

झापा र इलामको सीमामा पर्ने मेचीनगर ३ तिम्सिनेका १४ घर परिवार खोलाको दूषित पानी पिउन बाध्य छन् । खोलाको दूषित पानी पिउँदा विभन्न रोगले सताउने गरेको छ ।

घर नजिकै खोला बगेको छ । तर स्थानीयको घरआँगनमा स्वच्छ खानेपानी ल्याउन कसैले पहल गरेको छैन । स्थानीयले पटक पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाई भएको छैन ।

निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अहिले आफ्नो बाचा भुलेका छन् । बर्षौसम्म पनि खानेपानी समस्या समाधान नगरेर राज्यले आफूहरुलाई फरक दृष्टिले हेरको स्थानीयको गुनासो छ ।

मौसम परिवर्तन भएसँगै खोलाको पानी पिउँदा रोगले सताउन थालेको भन्दै स्थानीय चिन्नित भएका छन् । त्यसैले तत्काल स्वच्छ खानेपानीको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);