बझाङको सदरमुखकाममा खानेपानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बझाङको सदरमुखकाममा खानेपानीको चरम अभाव

ललित सिंह
बझाङ, १८ माघ । बझाङ सदरमुखकाम चैनपुरमा खाने पानीको हाहाकार भएको छ । खाने पानी मर्मतका लागि सरकारी निकायले बजेट विनियोजन गरेपनि समस्या समाधान हुन सकेको छैन । खाने पानीको अभावका कारण उपभोक्ता खोलाको दुषित पानी पिउन बाध्य छन् ।

खानेपानी मर्मतका लागि जयपृथ्बी नरपालिकाले करौडौ रकम विनियोजन गर्ने गरेको छ । तर सदरमुखकाम चैनपुरमा खाने पानीको हाहाकार छ । पानीको अभावका कारण विशेषगरि कर्मचारी र विद्यार्थी मारमा परेका छन् । पानी लिनको लागि एक दुई घण्टा टाढा जानुपर्ने बाध्यता छ ।

धारामा तीन चार दिनमा एक पटक आउने भएकाले अधिकांश स्थानीय खोलामा धाउने गरेका छन् । धारमा पानी नआउँदा खोलाको दुषित पानी पिउन बाध्य भएको स्थाीयको गुनासो छ । निर्वाचनका समयमा खानेपानीको समस्या समाधान गर्ने चर्को भाषण गरेका जनप्रतिनिधिले समाधानका लागि पहल गरेका छैनन् । नगरपालिकाले खानेपानी समस्या समाधान गर्ने आश्वासन मात्रै दिएको छ ।

जिल्लाकै मुटु मानिने सदरमुखकाम चैनपुरमा खानेपानीको अभाव भएको वर्षौ भयो । चैनपुर मात्र हैन बझाङमा विकट बस्तीमा पनि खानेपानीको हाहाकार छ । निर्वाचनमा गुलिया आश्वान बाढेका जनप्रतिनिधिले जनताको समस्या समाधानमा ध्यान दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);