खानेपानीको लागि खोलाको भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खानेपानीको लागि खोलाको भर

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थरकोटका बासिन्दाले खोलाको पानी पिउनुपर्ने बाध्यता आइलागेको छ । दश वर्ष अगाडि स्थापना गरिएको खानेपानी ट्याङ्कीले माग धान्न नसके पछि खोलाको पानीको भर पर्नु परेको छ । खानेपानी निकाल्न जडान गरेको बोरिङ सुक्न थालेपछि समस्या थपिँदै गएको छ । बोरिङबाट आउने ट्याङ्की भरिँदैन । अन्य कुनै स्रोत नभएपछि अर्घाखाँची शितगंगा नगरपालिकामा पर्ने कुन्द्रा खोलाको पानी मिसाउनुपर्ने बाध्यता भएको तारकेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवीलाल घिमिरेले बताए ।

खोलाको पानी सिधै मिसाउँदा वर्षायाममा धारामा धमिलो पानी आउने गर्दछ । प्रशोधन नगरी खोलाको पानी मिसाउँदा स्वास्थ्यको दृष्टिकोणले दूषित हुने बुद्धभूमि नगरपालिका वडा नं. १ का वडा सदस्य राम प्रसाद बेल्बासेले बताए । पत्थरकोट बजारमात्र समस्या नभई बजारसँग जोडिएका अर्घाखाँची शितगंगा नगरपालिकाका बस्तीमासमेत सिधै खोलाको पानी पिउनुपर्ने बाध्यता छ । पाँच सय बढी घरधुरी विगत ५ वर्षदेखि पानीको समस्या झेल्दै आएका छन् ।

पत्थरकोटमा खानेपानीको समस्या समाधान गर्नका लागि २ लाख २५ हजार लिटर क्षमताको नयाँ आयोजना निर्माणको चरणमा रहेको छ । जमिनमूनिको स्रोतले साथ दिएमा दशकौदेखिको सपना पुरा हुने देखिन्छ । तर उत्तरतर्फ रहेका अर्घाखाँचीको चुरे क्षेत्रमा बसोबास गर्ने जनता भने अर्को विकल्प नहुँदासम्म खोलाको पानीको प्रयोग गर्ने बाध्यता रहने स्थानीय दीपक भुसालले गुनासो गरे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);