भूमाफियाहरुले मुहान परिवर्तन गरेर करिब १९ विगाह जमिन अतिक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भूमाफियाहरुले मुहान परिवर्तन गरेर करिब १९ विगाह जमिन अतिक्रमण

पर्सा,२ भदाै । पर्साको विन्बासिनी गाउँपालिका ढङ्गही खोला चपेटामा परेको छ । पर्साको हुलाकी सडक भएर बग्ने ढङ्गही खोलालाई भूमाफियाहरुले दोहन गर्दै आएका छन् ।

विन्बासिनी गाउँपालिका –१ र २ को सीमामा पर्ने खोलामा भूमाफियाहरुले रातको समयमा खोलाको मुहान परिवर्तन गरेरै खोलाको जमित अतिक्रमण गरेका छन् ।
पर्साको बिन्दवासीनी गाँउपालिका–२ मा रहेको ढङ्गही खोला मुहान भूमाफियाले परिवर्तन गरेका छन् ।

भूमाफियाहरुले रातको समयमा खोलाको मुहान परिवर्तन गरी खोला दोहन गरेका हुन् । पर्साको वहुअर्वा भाठा देखि पश्चिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गहीको मुहान नै परिवर्तन गरेकाले स्थानीयले समस्या भोग्न परेको छ । भूमाफियाहरुले मुहान परिवर्तन गरेर करिब १९ विगाह जमिन अतिक्रमण गरेका छन् ।

खोलाको मुहान परिवर्तन भएपछि धेरै विगाहा जमिन सिँचाईबाट बञ्चित हुदै गएको छ । खोलाकोे पानी गाउँमा पस्ने जोखिम समेत बढेको छ ।खोलाको धार परिवर्तनको बारेमा स्थलगत अवलोकन गरेर प्रहरी र अन्य निकायलाई खबर गरेको वडाले बताएको छ ।

मुमाफियाहरुले रातको समयमा स्काभेटर लगाएर खोलाको मुहान परिवर्तन गरेका छन् । भूमाफियाले खोलाको जमिन अतिक्रमण गरेरपछि विन्दवासिनी गाउँपालिकाले खोलालाई साविकमै पुराउने बताएको छ ।

केही भुमाफियाको चलखेलमा रातारात खोलाको मुहान परिवर्तन हुँदा स्थानीय पीडित बनेका छन्। खोलाको मुहान परिवर्तन हुँदा पानी बस्तीमा पसेर डुवान हुने समस्या छ ।

अर्काेतिर सिँचाइमा असर पर्ने भएकोले कृषि उत्पादनमा समेत ह्रास आउने छ । यसर्थ खोलाको मुहान परिवर्तन गरेर सार्वजनिक जग्गा हडप्ने भूमाफियालाई सरकारले कार्वाही गर्न आवस्यक छ ।भूमाफियालाई कार्वाही गरी नदी खोला क्षेत्रको संरक्षण गर्नु राज्यकै दायित्व भएकोले यसतर्फ जिम्मेवार निकायको सममै ध्यान जानु जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);