पानीको मुहान भन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पानीको मुहान भन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान आग्रह

मेलम्ची,२२ असार । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहान भन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान सचेत गराएको छ  । आयोजनाको केन्द्रिय कार्यालयले सुचना जारी गर्दै सोमबारदेखि मेलम्ची खोलाको पानी मार्ग परिवर्तन गरी सुरुङ परीक्षण सुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुन सक्ने भन्दै त्यहाँ नजान सचेत गराएको हो ।

परीक्षणका क्रममा नदीमा पानीको वहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र वस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

आयोजनाले सुरुङको प्रवेश मार्गमा रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनैपनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालाहरुमा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मुलबाट पानी निस्किएको देखिएमा तत्काल आयोजनालाई खबर गर्न आग्रह गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);