डडेल्धुरामा खानेपानीको समस्या सुल्झिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरामा खानेपानीको समस्या सुल्झिदै

विमल जैरु
डडेल्धुरा, २६ कात्तिक । रिचार्ज प्रविधिद्धारा पानीको मुहान र पोखरीहरु संरक्षण भएसंगै सुदूरपश्चिम प्रदेशस्थित पहाडी जिल्लाका कतिपय ठाउँमा वर्षौदेखिको खोनेपानीको समस्या सुल्झिएको छ ।

जलवायु परिवर्तनको असरवाट सुक्दै गएका पानीका मुहान र पोखरीहरु रिचार्ज प्रविधिद्धारा संरक्षण गरिएपछि यहाँका स्थानियले अहिले सहज रुपमा खानेपानीको प्रयोग गर्न पाएका छन् ।

जलवायु समानुकूलन नमुना कार्यक्रम, जलवायु लगानी कोषको आर्थिक सहयोगमा पर्वतीय जलाधारहरुको जलवायु परिवर्तन समानुकूलन आयोजनाले जलवायु पानीको मुहान र पोखरी संरक्षण गरेपछि गाउँमा खानेपानीको समस्या टरेको छ ।

यो आयोजनावाट गाउँका १ सय ५० घरधुरी लाभान्बीत भएका छन् । पानीको मुहान र पोखरी संरक्षण भएपछि खानेपानीको प्रयाप्ततासंगै सिंचाई सुविधामा सहज भएको छ ।

त्यस्तै कृषिकर्मको माध्यमवाट जिवनयापनमा समेत टेवा पुगेको स्थानीय बताउँछन् । समुदायमा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न आयोजनाले रिचार्ज सम्बन्धी कयौँ प्रविधि अबलम्बन गरेको छ ।

आयोजनाले न्युनिकरणका लागीे बृक्षरोपण, रिचार्ज किट, आईब्रो निर्माण लगाएतका कार्यहरु पनि गरेको छ । यो आयोजना सुदूरपश्चिम प्रदेशको सेती र बुढी गंगा नदीहरुका जलाधार क्षेत्रहरुमा सञ्चालन भईरहेको छ ।

यी दुई जलाधार क्षेत्रले अछाम, बैतडी, बझाङ्ग बाजुरा, डोटी र डडेल्धुराका नयाँ संरचना अनुसारका १५ गाउँपालिका र १० नगरपालिकालाई समेटिएको पर्वतीय जलाधारहरुको जलवायु परिवर्तन समानुकूलन आयोजनाले जनाएको छ ।

रिचार्ज प्रविधिद्धारा पानीको सहज आपुर्तीका लागी मुहान र पोखरी संरक्षण गरिएसंगै खानेपानीको सुविधावाट बञ्चित नागरिकलाई राहत मिलेको छ । यसअघि यहाँका नागरिक डेढ दुई घण्टाको दुरी पार गरि पानी खानुपर्ने बाध्यतामा थिए ।

अहिले मुहान र पोखरी संरक्षणपछि घण्टौ हिडेर आउजाउ गर्ने समय बचत गराएको स्थानीय बताउँछन् । खोलाको दुषित पानी पिउन बाध्य स्थानियले अहिले सफा पानी पिउन पाएका छन् । खानेपानीको सहजता संगै गाउँको सरसफाईमा समेत सुधार आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);