बैतडीको तल्लोस्वराड र मेलौली बजार क्षेत्रमा खानेपानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

बैतडीको तल्लोस्वराड र मेलौली बजार क्षेत्रमा खानेपानीको चरम अभाव

प्रेम भाट,

बैतडी, १६ असार । बैतडीको दुर्गम तल्लोस्वराड, मेलौली बजार लगायतका क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । गाउँगाउँमा स्काभेटर लगाएर सडक खन्न थालेपछि भएका पानीको मुहान पनि सुकेका छन् । खाने पानी नभएपछि यहाँका होटल व्यवसाय पनि प्रभावित भएको छ ।

बैतडिको दुर्गम तत्लोस्वराड क्षेत्रको मुख्य व्यापारिक केन्द्र मेलौली बजार र आसपासका क्षेत्रका स्थानीय खानेपानीको अभावमा तड्पिरहेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने बैतडीको तल्लोस्वराड क्षेत्रमा स्थानीय विगत लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका छन् ।

जथाभावी सडक खनिए पछि भएका पानीको मुहान पनि सुक्दा पछिल्लो समय खानेपानी समस्या झनै बढेको छ । अहिले तल्लो स्वराडका अधिकांश क्षेत्र र दशरथचन्द्र नगरपालिकाबासी समेत ग्वाल्लेक जंगलमा भएको पानीको मुहानको भरमा छन् । तर, मुहान र बस्तीबीचको दुरी धेरै लामो हुँदा समस्या भएको छ ।

खाने पानि कै अभावमा स्वराडका होटल ब्यवसाय समेत संकटमा परेका छन् । समस्या समाधानका लागी सम्बन्धित निकायले कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

जनसंख्या बद्धिसँगै पानीको माग बढे पनि स्रोत भने घट्दै गएको छ । अहिले एक गाग्री पानीका लागि घण्टौं कुनुपर्ने बाध्यता छ । स्थानीय तहले खानेपानी आपूर्तीका लागि केही पहल भने गरीरहेको स्थानीयको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);